मिस युनिभर्स नेपाल – २०२२ को ताज सोफिया भुजेललाई

इन्भेष्टाेपेपर ।  भाद्र १०, २०७९

काठमाडौं ।  मिस युनिभर्स नेपाल २०२२ को ताज सोफिया भुजेलले हात पार्न सफल हुनुभएको छ ।

काठमाडौंमा बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा महिला हुनुको सबैभन्दा राम्रो पक्ष के हो ? भन्ने प्रश्नको जवाफ दिनुहुँदै सोफिया विजेता बन्नुभएको हो ।

विजेतासँगै अब उहाँले अन्तर्राष्ट्रिय प्रतियोगिता मिस युनिभर्सका लागि नेपालबाट प्रतिनिधि गर्नुहुने छ । उहाँले नगद १० लाख, नियो स्कुटर तथा अन्य धेरै उपहार प्राप्त गर्नुभएको छ ।

यस्तै, कार्यक्रममा विपना अधिकारी फस्ट, आस्मा केसी सेकेन्ड, सेफिना जोसुआ थर्ड र मोनालिसा पराजुली फोर्थ रनरअप हुनुभएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *