भाेली असार ७ गते अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण, यी ८ राशिलाई उच्च प्रभाव
इन्भेष्टोपेपर । असार ६, २०७७
भाेली असार ७ गते अर्थात आषाढ कृष्ण औँसीकाे दिन “दुर्लभ दिन” हुँदैछ, एक नयाँ रेकर्ड बन्दैछ । भाेली असार ७ गते अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ ।
२०७७ साल असार ७ गते आइतबारको सूर्य ग्रहण नै अहिलेसम्मकै सबैभन्दा लामो हुनेछ । बिहान १० बजेर ५३ मिनेटमा प्रारम्भ हुने यो ग्रहण १२ बजेर ४० मिनेट मध्य अवस्थामा आउँछ र २ बजेर २४ भन्दा पछाडीको समयमा यो सकिने छ । यो ग्रहणको अवधि ३ घण्टा ३१ मिनेटको हुनेछ ।
मूलत याे खग्रास सूर्यग्रहण भएता पनि नेपालमा खण्डग्रास सूर्यग्रहण भनेर यस्को नामाकरण गरिएको छ । नेपालकाे कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ । यसैगरि काठमाण्डाै उपत्यकाबाट अवलाेकन गर्दा सूर्यकाे जम्मा ८२ प्रतिशत भाग मात्र ढाकिएकाे देख्न सकिने छ ।
नेपालबाट खण्डग्रास देखिएता पनि याे ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट खग्रास (वलय) सूर्यग्रहण देख्न सकिने छ । ग्रहण मध्य अफ्रिकाकाे कङ्गोबाट शुरू भै प्रशान्त महासागरमा गएर अन्त्य हुनेछ ।
चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ ।
धार्मिब मान्यता अनुसार खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यस्लाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु पर्दछ ।
यसैगरि मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने र मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशिमा फरक फरक असर पार्नेछ । वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु , कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पर्दै हेर्न मिल्दैन । बाँकि चार राशिहरूकाे लागि भने ग्रहण शुभ रहेकाे छ ।
- मेष, सिंह, कन्या र मकर राशिले ग्रहण हेर्दा विशेष फाईदा हुनेछ ।
- मेष राशिले ग्रहण हेर्दा लक्ष्मी प्राप्त हुनेछ भने सिंह राशिलाई लाभ मिल्ने छ ।
- त्यस्तै कन्या तथा मकर राशिहरुको लागि सुख प्राप्त हुनेछ ।

