सुस्त चलिरहेको ईन्टरनेट फास्ट बनाउने केही उपायहरु ….

इन्भेष्टाेपेपर । कार्तिक ३०, २०७७

कोरोना भाइरसको महामारीले अधिकांश मानिसहरु यतिबेला घरमै छन् । अनि सरकारले पनि अनलाइन काराेवारलाइ फाेकस गरेकाले इन्टरनेटकाे प्रयाेग अधिक बढेको छ । तर इन्टरनेटको गति एकदमै सुस्त भएर तपाई दिक्क हुनुभएको होला ।

इन्टरनेट विग्रिएमा वा सुस्त नै भएपनि सम्बन्धीत कम्पनीले कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै कर्मचारी पठाउन नमानिरहँदा तपाईलाई पक्कै पनि इन्टरनेट कसरी फास्ट बनाउन सकिएला भन्ने मनमा लागेको हुनुपर्छ ।

यस्तो अवस्थामा हामी तपाईंहरुलाई केही टिप्स दिदैछौं जसले तपाईंको इन्टरनेटलाई फास्ट बनाउँन मद्दत गर्छ ।

राउटर राखेको स्थान परिवर्तन:

राउटर राखिएको स्थानले पनि तपाईको इन्टरनेटको गतिलाई निर्धारण गर्दछ । यदि तपाईको राउटर राखेको स्थान छनोट नै गलत छ भने इन्टरनेट चल्न नै मुस्किल हुन्छ । यसर्थ राउटरलाई भरसक अग्लो स्थान राख्नुपर्दछ र अरू इलेक्ट्रोनिक आईटमहरुको नजिक नराख्नोस् ।

यदि एन्टेनासहितको राउटर छ भने, यसको एन्टेनालाई माथि पर्ने गरि राख्नुहोस् ताकि यसले सिंग्नल राम्रोसँग समात्न सकोस् ।

अलग एन्टेना जोड्ने विकल्प:

इन्टरनेटले काम गरेको छैन भने अलग्गै अर्को एन्टेना जोडेर पनि फास्ट बनाउन सकिन्छ । राउटरले आन्तरिक एन्टेनामा काम गर्दछ भने गति बढाउन तपाईंसँग बाहिरबाट पनि एन्टेना थप्ने विकल्प छ । बाह्य एन्टेना बजारबाट किन्न सकिन्छ ।

वायरलेस बुस्टर:

प्रत्येक राउटरको क्षमता निश्चित हुन्छ । जबकी राउटरले सिंग्नल निश्चित क्षेत्रभन्दा पर पुर्‍याउन सक्दैन भने यस्तो बेला तपाईले बुस्टरको प्रयोग गर्न सक्नुहुन्छ ।

त्यसका लागि तपाइले रेन्ज एक्सटेण्ड गर्ने बुस्टर पनि जडान गर्न सक्नुहुन्छ ।

राउटर रिबुट गर्नुहोस्:

काम सुरू गर्नु अघि तपाईंको वाइफाइ राउटर रिबुट गर्नुहोस्। यो रिबुट हुने बित्तिकै यसले पूरानो मेमोरी खाली हुन्छ र सबै अपडेटहहरू इन्स्टल हुन्छन्। यसबाहेक कसैसँग वाइफाइ पासवर्ड साझेदारी नगर्ने र बेलाबेलामा पासओर्ड परिवर्तन गर्नाले पनि इन्टरनेट फास्ट हुन सक्छ ।

पछाडीपट्टी आल्मुनियम फाेइल राखिदिनेः

राउटरकाे पछाडीपट्टी अथवा जुन दिशामा वाइफाइकाे सिँगनल प्रवाह गर्नुपर्ने हाे त्यसकाे पछाडीपट्टी आल्मुनियमकाे फाेइल लपेटी दिनाले गतिमा सुधार आउँछ ।

स्पिड टेष्ट र प्राेभाइडरलाई सूचित गर्नेः

सबै नेट प्राेभाइडरहरूले स्पिड टेष्टकाे अप्सन दिएका हुन्छन । आफूले लिएकाे प्याकेज अनुसारकाे गतिमा नेट नचली सुस्त भएकाे छ भने सेवा प्रदायकलाई सूचित गर्नुपर्दछ । उनीहरूले पुनः गति परिवर्तन गरिदिन्छन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *