गीत : युवाहरुको देश

-- राष्ट्रिय युवा परिषद

हिम्मत गर, साहस गर, अबेर भो अब होस गर !
यी पौरखी पाखुराको नशा – नशामा जोस भर !!
युवा नै त्यस्तो शक्ति हो जुन जुटेर अघि बढ्दछन्।
एक दुई पटक लडे पनि उठेर अघि बढ्दछन् ।।
आखिर —— !
युवाहरुको देश हो युवाले नै बनाउँछन् ।
फेर्छन् पुरानो काचुली नयाँ स्वरुप सजाउँछन् ।
युवाहरुको देश हो यो युवाले नै बनाउँछन् ।।

देश भित्रै रहे पनि , विदेशमा नै भए पनि ,
जाति , भाषा र संस्कृति जुन भेषमा भए पनि,
उद्यम गर १ इलम गर १ लक्ष्य चुम्ने अठोट गर ।
यो देश सम्बृद्ध पार्न लाई युवाहरु अघि सर ।।
आखिर ……. !
युवाहरुको देश हो युवाले नै बनाउँछन् ।
फेर्छन् पुरानो काचुली नयाँ स्वरुप सजाउँछन् ।
युवाहरुको देश हो युवाले नै बनाउँछन् ।।

एकतामा बल गरौं, विकासको पहल गरौं ।
कृषि, उद्योग, प्रविधि हर क्षेत्रमा सफल बनौं ।।
उर्वर भूमि, ऊर्जा शक्ति, श्रम र सीपमा जोड गरौँ ।
सयौँ थरी फूलहरुमा सृजनाको रङ्ग भरौँ ।
आखिर ……. !
युवाहरुको देश हो युवाले नै बनाउँछन् ।
फेर्छन् पुरानो काचुली नयाँ स्वरुप सजाउँछन् ।
युवाहरुको देश हो युवाले नै बनाउँछन् ।।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *