गीतकार अधिकारीको ‘आमा बाबा’ म्युजिक भिडियो सार्वजनिक

न्भेष्टाेपेपर ।  पुष १९, २०७९

काठमाडौं । साहित्यकार वासुदेव अधिकारीको गीतमा आधारित ‘आमा बाबा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अनिरुद्ध–भारती फाउण्डेशनको आयोजनामा आज आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ गीतकार तथा समालोचक डा कृष्णहरि बरालले सो भिडियो सार्वजनिक गर्नुभएको हो ।

समालोचक डा बरालले गीतका शब्द तथा भाव सुन्दर रहेको धारणा व्यक्त व्यक्त गर्नुभयो । उहाँले गीतको अलङ्कार तथा लय सशक्त रहेको एवं सङ्गीत तथा स्वरस्तरीय रही गीतको भाव र ओजलाई कायम गर्न सकेको टिप्पणी गर्नुभयो ।

‘आमा बाबा’ को सङ्गीत तथा गायन खड्ग न्यौपानेले र निर्देशन प्रकाश धितालले गर्नुभएको हो । भिडियोमा खड्ग न्यौपाने, हिउँवाला गौतम, जोन बम, समीप न्यौपाने (बाल कलाकार)ले अभिनय गर्नुभएको छ । सो गीतको सङ्गीत संयोजन कुमार थापामगर, रेकर्ड राजेश श्रेष्ठ, मिक्स किशोर थापा, शृङ्गार तथा वेषभूषा प्रतीक्षा भट्टराईले गर्नुभएको र रेकर्ड ए वान म्युजिक स्टुडियोमा गरिएको थियो ।

भिडियोको प्रोडक्सन म्यानेजर सूर्य ओली, क्यामेरा उत्सव दाहाल र सम्पादन विकास दाहाल हुनुहुन्छ । सो म्युजिकल भिडियोको उत्पादन/प्रस्तुति देवी न्यौपानेले गर्नुभएको हो । कार्यक्रममा सङ्गीतकार तथा गायक खड्ग न्यौपाने, आयोजक संस्थाको तर्फबाट भारती तिम्सिना तथा उपस्थित सहभागीको तर्फबाट फ्रान्सबाट भक्तराज वाग्ले, क्यानडाबाट सुरेन उप्रेती, अमेरिकाबाट ईश्वरी भट्ट, जर्मनीबाट सन्तोष भट्टाराई तथा हेम शेर्पा, नेपालबाट डा मोहन खड्काले भिडियोबारे आफ्नो धारणा राख्नुभएको थियो । रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *