इण्डोनेसियामा दक्षिणपूर्व एसियाकै ठुलो सौर्य प्लान्ट स्थापना

न्भेष्टाेपेपर । कात्तिक २५ २०८०

काठमाडौं ।  इण्डोनेसियामा २५० हेक्टर क्षेत्रफल ओगटेको दक्षिणपूर्व एसियाकै सबैभन्दा ठुलो सौर्य प्लान्ट स्थापना ल्याएको छ ।

इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पश्चिम जाभा प्रान्तको सिराटा जलाशयभन्दा माथि २५० हेक्टर क्षेत्रफल ओगटेको दक्षिणपूर्व एसियाकै सबैभन्दा ठुलो तैरिरहेको सौर्य प्लान्टको उद्घाटन गर्नुभयो ।

चीनको पावर चाइना हुआडोङ इन्जिनियरिङ कर्पोरेसन लिमिटेडद्वारा निर्माण गरिएको यो पावर प्लान्ट इण्डोनेसियाको राज्य विद्युत निगम पीएलएन र संयुक्त अरब इमिरेट्सको ऊर्जा कम्पनी मस्दारबिच १४ करोड ५० लाख अमेरिकी डलरको लगानीमा निर्माण गरिएको हो ।

तीन लाख ४० हजारभन्दा बढी सौर्य प्यानलहरू भएको जलाशयको सतहमा फैलिएको १९२ मेगावाट–पीक क्षमताको पावर प्लान्टले वार्षिक तीन सय मिलियन किलोवाट–घण्टा ऊर्जा उत्पादन गर्नसक्छ ।

विडोडोले कार्बन उत्सर्जन घटाउने र सन् २०६० सम्ममा शुद्ध शून्य उत्सर्जन गर्ने लक्ष्यलाई पछ्याउन देशको प्रयासलाई समर्थन गर्न नवीकरणीय ऊर्जा क्षमता प्रयोग गर्न प्रोत्साहन पनि गर्नुभयो । (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *