मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटेल ड्यानडलियनमा विशेष छुट

इन्भेष्टोपेपर । माघ २१, २०७८

काठमाण्डाैँ । मुक्तिनाथविकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरुसँग सम्झौता गर्दै आएको छ । मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्र्यानडलियनसँग व्यवसायिक सम्झौतामा हस्ताक्षर गरेको हो ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वाहक ग्राहकहरुले होटेल ड्र्यानडलियनका सेवाहरु जस्तै बसाँई, बेड र ब्रेकफास्ट , रेस्टोरेन्ट जस्ता सेवा सुविधाहरुमा १० % सम्म छुट प्राप्तगर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *