बलेफी हाइड्रोपावरकाे विशेष साधारण सभा असार २० गते

न्भेष्टाेपेपर । असार ५, २०८१

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले असार २० गते विशेष साधारण सभा बोलाएको छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रोयल एलिनाज रेष्टुरेन्ट प्रालि नयाँबानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सञ्चालकको नियुक्ती र कर्जा सूविधा स्वीकृतीका सम्बन्धमा आवश्यक निर्णय गर्न सभा बोलाइएको हो । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार १० गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *