नबिल बैंकको विशेष साधारण सभा सम्पन्न, एक्विजेशनकाे प्रस्ताव पारित

इन्भेष्टाेपेपर ।  जेठ ८, २०७९

काठमाडौं । नबिल बैंक लिमिटेडको शनिवार सम्पन्न विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती)गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्यअनुपात १००ः४३लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ, जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।

उक्त साधारणसभाले नेपाल बंङ्गलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्तिगर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मुल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन, समझदारीपत्र तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पुर्ण काम कारवाहीहरुलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

२०७८ चैत्र मसान्तको बित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्तापूँजी रू. २२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम रू.३०९ अर्ब र निक्षेप रकम रू.३२० अर्ब पुग्नेछ ।

त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार रू.१४५ अर्ब पुग्नेछ । प्राप्तिपश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धिभई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा रू.४ अर्ब ४६ करोड हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *