प्रभु क्यापिटलका हितग्राही ग्राहकका लागि विशेष अफर
इन्भेष्टाेपेपर । भाद्र १२, २०७९
काठमाण्डाैँ । प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । ८ भाद्र २०७९ का दिन प्रभु क्यापिटल तथा टि-थ्री थकाली ग्रुपकाबीचमा समझौता भएको छ ।
यस अफरअन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टि-थ्री थकाली ग्रुपबाट सेवा लिदा १२ प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभलिन हितग्राहीले चेक अाउट र विल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनु पर्नेछ।
समझौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्न सक्नुहुने कम्पनीले जनाएको छ।
नेपाली पूँजीबजारमा भिडियाे केवाइसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंक र प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।
