सानिमा बैंकको मोबाइल बैंकिङ्ग योजनामा विशेष अफर

इन्भेष्टाेपेपर ।  भाद्र १५, २०७९

काठमाण्डाैँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टपअप गर्ने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम १०० रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सकिनेछ । मोबाइल बैंकिङ्ग एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी,  क्यूआर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्नेछन् । यो योजना भाद्र १३ देखि मंसिर १३ गतेसम्म लागू हुनेछ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *