विश्व वित्तीय सप्ताहको–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा विशेष कार्यक्रम सञ्चालन

न्भेष्टाेपेपर । चैत्र ७, २०८०

काठमाण्डाैँ । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ०७ गते वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत Visit Merchant Bank कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वित्तीय सप्ताह खास गरि किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । यस अवसरमा क्यापिटलले बिभिन्न कार्यक्रमहरु गरि संचालन गर्ने क्रममा आज Visit Merchant Bank कार्यक्रम सम्पन्न गरेको छ ।

ग्लोबल मनी वीक – २०२४ अन्तर्गत प्रभु क्यापिटलले ग्वार्काे स्थित रहेको काठमाडौं कलेज अफ म्यानेजमेन्टका स्नातक अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई Visit Merchant Bank कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए । यस कार्यक्रममा विद्यार्थीहरूले मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजी बजार, लगानी तथा जोखिमको बारेमा ज्ञान हासिल गरेका छन ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित विभिन्न तालिम, वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यस विश्व वित्तीय सप्ताह को अवसरमा क्यापिटलले लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विविध कार्यक्रमहरु गरी संचालन गर्ने योजना रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *