स्लाे भएकाे कम्प्युटरकाे गति बढाउन यी उपायहरू अवलम्वन गर्न सकिन्छ

Investopaper, Feb 20, 2019

नयां खरीद गरेकाे केहि समयपछि हरेक कम्प्युटर र ल्यापटपमा गति कम हुन सुरु भइहाल्छ । कम्प्युटरको स्पिड स्लो  हुनु एउटा साधारण समस्या बनिसकेको छ जसबाट बच्नका लागि हामी हरेक तरिका अपनाउने गर्दछौँ । धेरैजसो सर्भिस सेन्टरलाई १० चक्कर लगाउँछौँ  तर केहि समयपछि उस्तै समस्याकाे पुनरावृति हुन्छ ।

कम्प्युटरकाे गति स्लाे भएकाे खण्डमा काम ढिलाे हुने मात्र नभै मानविय स्वभावमा समेत नकारात्मक प्रभाव पर्दछ । मानिसकाे उत्पादकत्व त घटाउंछ नै यसकाे अलावा नैराश्यता वढार्इ दिन्छ अनि काम प्रति अनिक्षा समेत पैदा गरिदिन्छ ।

यस्ताे मानविय समस्या तथा सर्भिस सेन्टरमा हुने खर्चबाट बच्नकाे लागी अाफैले गर्न सकिने केही कामहरू नियमित रूपमा अपनाउनु श्रेयस्कर हुन्छ । कम्प्युटर स्लाे हुने सबै  समस्याकाे समाधान नभए पनि केहि प्राविधिक कुराहरु अपनाउदा राहतकाे अवश्य महसुश गर्नु हुनेछ । कम्प्युटरको स्पिड बढाउनका लागि तल दिइएका कहि तरिकाहरु तपाईं अपनाउन सक्नुहुन्छ ।

१. अनावश्यक सफ्टवेयरहरु अनइन्सटल गर्नुहोस्ः

एप्लीकेसन अनइन्सटल गर्नका लागि सबैभन्दा पहिले तपाईं सिधै कम्प्युटरको स्टार्ट बटनमा गएर कन्ट्रोल प्यानल अप्सनमा क्लिक गर्नुहोस् र अनावश्यक सबै सफ्टवेयर अनइन्सटल गर्नुहोस् ।

२. स्टार्टअप प्रोग्राम डिसेबल गर्नुहोस्ः

यदि तपाईंले भर्खरै नयाँ कम्प्युटर अथवा ल्यापटप किन्नुभएको छ भने त्यसमा यस्ता प्रोग्रामहरु हुने गर्दछ जसले कम्प्युटर अथवा ल्यापटप खोल्ने बित्तिकै सुरु हुने गर्दछ र यदि तपाईंको कम्प्युटरमा कम र्याम र मेमोरी छ भने यसले कम्प्युटरलाई स्लो गर्न सक्दछ । त्यस कारण यसलाई डिसेबल गर्नुहोस् अथवा जब आवश्यक पर्छ त्यतिबेला मात्र यसलाई चलाउनुहोस् ।

३. डिस्क क्लिनअपः

यदि तपाईंको कम्प्युटर स्लो छ भने यसलाई डिस्क क्लिनअप अप्सनको सहायताले अफलाइन फाइलहरुलाई सेभ गर्नसक्नुहुन्छ, रिसाइकल बिनलाई खाली गर्न सक्नुहुन्छ जसले कम्प्युटरको गति थोरै भएपनि बढ्न सक्छ ।

४. सिस्टम क्लिनङ सफ्टवेयरः

कम्प्युटरमा सफ्टवेयर अनइन्सटल गर्नका लागि तपाईं सिसि क्लिनर, रेगसिकर अथवा आइओबिटजस्ता क्लिनिङ सफ्टवेयरहरु इन्स्टल गर्न सक्नुहुन्छ ।

५. एक्सन सेन्टर ट्रबलसुटः

आफ्नो कम्प्युटरको दायाँपट्टी भागमा यदि ध्यान दिएर हेर्ने हो भने तपाईंले एउटा फ्ल्याग अथवा झण्डा देख्नुहुन्छ । यो झण्डामा क्लिक गर्दा एक्सन सेन्टर खुल्नेछ । यदि तपाईंको कम्प्युटरमा कुनै पनि समस्या भएमा ट्रबलसुटमा क्लिक गर्दा कम्प्युटरको त्यो समस्या हट्नेछ ।

६. स्क्रिनकाे एनिमेसन कम गर्नुहाेसः

कम्प्युटरकाे स्क्रिनलार्इ झरझुट्ट राम्राे देखाउनुकाे साटाे हार्इ प्रफर्मेन्स माेडमा राखिदिदा गतिमा अवश्य बढाेत्तरी हुनेछ ।

७. मालवेयर र एडवयेर हटाउन स्क्यान गर्नुहाेसः

कम्प्युटरमा र्इनबुल्ट विन्डाे डिफेन्डरलार्इ एक्टिभेट गरी बेलाबेलामा कम्प्युटरलार्इ स्क्यान गर्नुहाेस । भाइरस सुरक्षाकाे लागी राखेका विभिन्न एन्टीभाइरस प्राेग्रामहरूकाे प्रयाेगले सुरक्षा प्रदान गर्नुका साथै कम्प्युटरलार्इ चाही केही स्लाे गर्दछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *