नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणकर भट्ट नियुक्त
इन्भेष्टोपेपर । पुष १, २०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त हुनुभएकाे छ । उहाँ बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुनुहुन्छ ।
यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल हुनुहुन्थ्याे ।
अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएका भट्ट यसअघि पनि प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्याे । रासस
