श्रीलङ्का ५० रनमै अलआउट, भारतलाई एसिया कप क्रिकेट उपाधि

न्भेष्टाेपेपर । असाेज १, २०८०

काठमाडौं ।  एसिसी एसिया कप क्रिकेट–२०२३ को उपाधि भारतले जितेको छ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा आइतबार भएको फाइलमा भारतले घरेलु टोली श्रीलंकालाई १० विकेटले हरायो ।

भारतको यो आठौं एसिया कप उपाधि हो । यसअघि भारत सात पटक च्याम्पियन बनेको थियो । भारतले यसअघि सन् १९८४, १९८८, १९९०-९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।

एसिया कप क्रिकेटको फाइनलमा भारतसँगको खेलमा श्रीलङ्काले लज्जास्पद ब्याटिङ गरेको छ ।कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयो ।

श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ रन बनाउनुभयाे । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट हुनुभयो । श्रीलङ्काका ४ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् ।

बलिङमा भारतका मोहम्मद शिराजले सात ओभरमा एक मेडनसहित २१ रन खर्चिएर ६ विकेट लिनुभयो । हार्दिक पाण्डेयले तीन तथा जस्प्रित बुमराहले एक विकेट लिनुभयो । 

श्रीलंकाको यो एकदिवसीय क्रिकेटमा दोस्रो कम योगफल हो । यसअघि श्रीलंका २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो ।

एकदिवसीयमा सर्वाधिक कम योगफल भने जिम्बाबे र अमेरिका ३५ रनमा आउट भएको  इतिहास  छ । सन् २००४ मा जिम्बाबे श्रीलंकासँग ३५ रनमा र सन् २०२० मा अमेरिका नेपालसँग ३५ रनमा अल आउट भएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *