लोकतन्त्र जोगाउन नयाँ पार्टी निर्माण गरेको अध्यक्ष नेपालकाे कथन

इन्भेष्टोपेपर । कार्तिक १४, २०७८

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र जोगाउन नेकपा (एमाले)मा विद्रोह गरी नयाँ पाँर्टी निर्माण गरेको बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) विराटनगर नगर कमिटीद्वारा आयोजित दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, उभौली र ल्होसारपर्वको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रममा उहाँले जनताले निर्माण गरेको संविधानको संरक्षण र जनताप्रति सम्मान नै पार्टीको मूल उद्देश्य रहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले नीति र व्यक्तिवादी सोचबाट नभई विचार विधिबाट सञ्चालन गरी समाजमा रहेको सम्पूर्ण विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रदेश नं १ मा गठवन्धन दलबीचको सहमति एवं निर्णयमा यो हप्ताभित्र राजेन्द्र राईको नेतृत्वमा सरकार गठन हुने दाबी गर्नुभयो । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले सरकारले बेमौसमले वर्षाबाट क्षति भएको किसानको धानबालीको क्षतिपूर्तिका लागि ६५ प्रतिशत राहत दिने निर्णय भएको जानकारी दिँदै वर्तमान सरकार जनताको पक्षमा राम्रो कार्य गर्ने दिशातर्फ अगाडि बढिरहेको बताउनुभयो ।

पोलिटव्यूरो सदस्य महजुद आलम, डा उद्धव पोखरेल, मोरङ अध्यक्ष चन्द्रवीर राई, पारुल क्षेत्री र नेकपा (माओवादी केन्द्र)का मोरङ संयोजक गणेश उप्रेतीले पार्टी वैकल्पिक शक्तिका रूपमा आगाडि बढिरहेको धारणा राख्नुभयो । कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, नागरिक समाज एवं सञ्चारकर्मीको सहभागिता थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *