सेयर बजार : नेप्से परिसूचक तथा काराेवार दुवै बढ्यो

इन्भेष्टाेपेपर ।  चैत्र ५, २०८२

काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन बिहीबार सेयर बजारमा एकाएक उछाल आएको छ। यसदिन  नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ११.६२ अंकले बढेर ४९४.१९ विन्दुमा पुगेको छ।

मंगलबार दिन  परिसूचक १३.५१ अंकले बढेको थियो।  सो दिन १२ अर्ब माथिको कारोबार भएको थियो। बुधबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेकाले कारोबार भएन।

यसदिन २४२ वटा स्टक्सको ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयर २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार  ८८६ रुपैयाँमा खरिदबिक्री भए।

नेप्से परिसूचक उच्च अंकले बढेसँगै  सेयर बजारमा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कर्पोरेट डेभलपमेन्ट बैंक,सालपा विकास बैंक,रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढयो। होटल फोरेस्टको सेयर ९.९६ प्रतिशतले बढ्यो।

कारोबारमा आएकामध्ये २४० वटा स्टक्सको मूल्य बढ्दा २२ वटाको घट्यो। २ वटा स्टक्सको मूल्य स्थिर रह्यो। १३ वटै समूहको उपसूचकमा हरियाली छाएको छ। यसदिन बैंकिङ र डेभलपमेन्ट बैंक समूहको उपसूचक ३ प्रतिशत भन्दा बढीले वृद्धि भयो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *