राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक

इन्भेष्टाेपेपर ।  असार १, २०८३

काठमाडौँ ।  विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । 

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा विज्ञसँगको छलफलमा उहाँले बर्दिवास, धनगढी, बुटवल र वीरेन्द्रनगरमा  रहेका प्रयोगशालाको भौतिक संरचना निर्माण गरिने जानकारी दिनुभयो । 

समितिका सभापति डा. ओजस्वी शेरचनले प्रयोगशालाको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । प्रयोगशाला विज्ञहरु ओमप्रकाश शर्मा र गोपाल चौधरीले अपराधीकरणका मुद्दामा जाँच गरिने डिएनए परीक्षण र मानव पहिचानसम्बन्धी डिएनए बैँकको आवश्यकताबारे धारणा राख्नुभएको थियो । 

साथै, विज्ञ नीराजन थापाले प्रयोगशालामा दक्ष जनशक्तिको अभाव भएको बताउँदै विधेयकमा प्रशिक्षणको व्यवस्था समावेश गरिनुपर्ने सुझाव दिनुभयो । 

सांसद डा. चन्द्रमोहन यादवले ‘डिएनए डेटा बेस बैँक’ आवश्यक रहेको बताउनुभयो । सांसद डा. लेखजङ्ग थापाले पनि डिएनए बैँक स्थापना जरुरी रहेको बताउनुभयो । उहाँले डिएनए सुरक्षाका लागि प्रयोगशालको लेखापरीक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद पुकार बमले प्रयोगशालालाई देशव्यापी र प्रभावकारी बनाउन योजना निर्माण आवश्यक रहेको बताउनुभयो । सांसद गुरुप्रसाद बरालले वैज्ञानिक विदेश पलायन हुनबाट रोक्न योजना आवश्यक रहेको उल्लेख गर्नुभयो । सांसद चन्दनकुमार सिंह र गणेश पौडेलले पनि प्रयोगशालाका लागि पर्याप्त बजेट र स्रोतसाधनको व्यवस्थापन आवश्यक रहेकामा जोड दिनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *