ज्योतिषशास्त्रः शनिबार कुनकुन चीज खरीद गरि घरमा ल्याउनु हुँदैन ?

Investopaper

हिन्दू धर्मग्रथ अनुसार हाम्राे दैनिक जीवनमा ग्रहहरूकाे प्रभाव निकै उँचाे रहेकाे छ । हाम्रो नेपाली समाजमा थुप्रै मूल्य मान्यताहरु रहेका छन् र त्यस्ता कतिपय मान्यताहरु हामी चाहेर पनि नकार्न सक्दैनौ । हाम्रा पूर्वजहरुले मान्दै आएका कतिपय कुराहरु शनिबारसँग पनि जोडिएका छन् ।

शनिदेवमाथि नराम्रो असर नपरोस् भनी हाम्रा पूर्वजहरुले थुप्रै नियम बनाएका छन् । ज्योतिषका अनुसार शनिको असरबाट बच्नका लागि यस्ता मान्यताहरु छन् जसलाई शनिबारका दिन हामीले गर्नुहुँदैन ।

१. तेलः

तेललाई शनिको अतिप्रिय मानिन्छ र शनिबार तेल दान गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा गरिबी र रोग निम्तिने गर्दछ ।

२. कालाे तिलः

जाडाे माैसममा कालाे तिलले शरीरमा गर्मी पैदा गर्छ भने शक्ति प्रदान गर्दछ । कालाे तिल पूजामा उपयोग गरिन्छ । अझ शनि देवकाे दशा कटाउनकाे लागि कालाे तिल र पिवलमा तिल जल चढाइन्छ । शनिवार दान दिदा फल प्रप्त हुन्छ भने किन्दा कार्यमा बाधा आउने शास्त्रमा उल्लेख गरिएकाे छ । तसर्थ शनिवार कालाे तिल किन्न बर्जित छ ।

३. जुत्ताः

शनिलाई खुट्टाको कारक ग्रह मानिएको छ । यसकारण शनिबार जुत्ता खरिद नगर्दा राम्रो । यस दिन कालाे जुत्ता खरिद गर्दा रोगको सामना गर्नुपर्ने तथा कार्यमा असफलता मिल्ने मान्यता रहेको छ ।

४. अन्न पिस्ने चक्कीः

शनिबार अन्न पिस्न नदिनुहोस् र यसको खरिद पनि नगर्नुहोस् । यसो गर्दा परिवारमा कलह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा गरिबी निम्त्याउने मान्यता छ ।

५. नुनः

घरका लागि सर–सामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट बच्नुहोस् । शनिबार नुनको खरिद गर्दा घरमा ऋण लाग्ने बताइन्छ ।

६. फलाम तथा फलामका सामानः

शनिबार फलामले बनेको सामान खरिद गर्नु हुँदैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रिसाउने मान्यता रहिआएको छ ।

७. कैंचीः

कैंची पनि फलामबाट नै बनेकाे हुन्छ जुन कपड़ा, कागज आदि काटन प्रयाेग गरिन्छ । परापूर्व कालदेखि कपडा पसले, टेलर आदि शनिवार नयाँ कैंची किन्दैनन । शनिवार कैंची खरीद गर्दा नालनातामा तनाव उत्पन्न हुने मान्यता रहेकाे छ ।

८. ज्वलनशील पदार्थः

शनिवारकाे दिन ईन्धन, सफाइ, मट्टीतेल आदि जस्ता ज्वलनशील पदार्थ खरीद गर्नु अशुभ मानिन्छ । अग्निलाइ देवताकाे रूपमा पूजा गरिन्छ, शनिवार घरमा ईन्धन भित्र्याउनाले परिवारमा कष्ट/दुखले घेर्छ भनिन्छ ।

९. कूचाेः

कूचाेले घरकाे फाेहर निर्मल बनाउँछ जसले गर्दा घरमा सकारात्मक ऊर्जाकाे आगमन हुन्छ । शनिवारको दिन कूचाे खरीद गर्नु उपयुक्त मानिदैन । शनिवारको दिन घरमा कूचाे ल्याउदा दरिद्रताकाे आगमन हुने मान्यता रहेकाे छ ।

१०. मसि/स्याहीः

कागज, कलम आदि खरीद गर्नकाे लागि सबैभन्दा श्रेष्ठ दिन गुरुवार हाे । शनिवार को मसि/स्याही किन्नु हुदैन । यस्ताे कार्यले मनुष्यको अपयशकाे भागीदार बनाउँछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *