जानी राखाै ! आफ्नाे राशि अनुसार के काम गर्दा फलदायी हाेला ? जीवन सुखमय बन्ला ?
Investopaper
कुनैपनि काम थाल्नुअघि ज्योतिषशास्त्र अनुसारको ठाउँ र समय हेर्ने चलन पूरानो हो । यसो त ज्योतिषशास्त्र एउटा अनौठो विज्ञान हो जसलाई सारा विश्वले कुनै न कुनै रुपमा स्वीकारेको छ । तपाईंको राशि अनुसार काम नगर्दा कतिपय अवस्थामा तपाईं असफल पनि हुन सक्नुहुनेछ । पढाइका लागि कुनै विषय छान्दा होस्, वा कुनै व्यापार गर्दा कुन राशिलाई कुन जागिर वा व्यापार फाप्छ त ? हामीले बरिष्ट ज्योतिषहरुसँग गरेको कुराकानीका आधारमा निष्कर्ष निकालेका छौं । हेरौं कुन राशीलाई कुन जागिर वा व्यापार फाप्छ ।
कुन राशिलाई कुन जागिर वा व्यापार फाप्छ त ?

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) — यो राशि भएका व्यक्तिलाई व्यापारका तुलनामा जागिर फाप्छ । बास्तुसँग सम्बन्धित काम गर्दापनि मेष राशिलाई फाइदा हुन्छ । सरकारी क्षेत्रमा रार्मो गर्न सक्ने यो राशिले फलामको काम गर्नु हुँदैन । यो राशिको शुभ रङ्ग रातो हो । रातो कपडा लाएर काम गर्ने यो राशिका व्यक्ति सफल हुन्छन् । यो राशिका मानिसले मुसुरोको दाल साइत हेरेर दान गर्नु शुभ मानिन्छ ।

वृष : ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) — यो राशि भएकाहरुलाई कलाकारिता फाप्छ । व्यापार गर्ने यो राशिका मानिसहरुले गाडीका पाटपूर्जा, इलेक्ट्रिक सामानको व्यापार, वा चलचित्र वा सङ्गीतसंग सम्बन्धित व्यापार गर्यो भने निकै फाप्छ । सेतो रङ्ग यो राशिको शुभ रंग हो । किरानाको व्यापार पनि फाप्ने यो राशि भएका व्यक्तिहरुले हरियो कपडा हत्तपत्त प्रायस् गर्नु हुन्न । यो राशिलाइ पनि समग्रमा जागिर नै फाप्छ ।

मिथुन : ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) — यो राशि भएका व्यक्तिहरुले जागिर नै गरेको राम्रो हुन्छ । शुभ रंग हरियो भएको यो राशिका व्यक्तिहरु कला क्षेत्रमा निकै राम्रो हुन्छन् । यिनीहरुले अध्यापन क्षेत्रमा निकै राम्रो गर्न सकछन् । यी राशि भएका व्यक्तिहरुले एकाउन्ट, फाइनान्स वा गणित विषय लिंदा धेरै राम्रो हुन्छ । व्यापारका हिसावले यो राशिका मानिसहरुलाई कृषिजन्य सामाग्री वा कृषिको व्यापार निकै फाप्छ ।

कर्कट : ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) — यो राशि भएका व्यक्तिले जागिर भन्दा व्यापार नै गरेको रार्मो । जलीय वस्तु, सख्खर, चामल, चाँदी, शिक्षण, वस्त्र, स्त्रीको कपडा, रेशम, सौन्दर्य सामाग्री, रंग, लगायतका बस्तुको कारोबार गर्दा यो राशिलाई फाइदा हुन्छ । जागिर नै गर्ने हो भने बैंकिङ क्षेत्र राम्रो छ । यो राशिका मानिसका लागि बैदेशिक रोजगारी निकै फाप्छ ।

सिंह : ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) — यो राशिका व्यक्तिलाई जागिर नै फाप्छ । यो राशि भएका व्यक्तिले बसेर गर्ने काम गर्दा फाइदा हुन्छ । लेखापाल, कम्प्युटरको काम आदि बसेर गरिने काम गर्दा यो राशि भएका व्यक्तिलाई निकै फाप्छ । यो राशि भएका व्यक्तिले व्यापार नै गर्ने हो भने कपडाको व्यापार गर्दा राम्रो हुन्छ ।कन्या स् गणेश भगवानको पूजा आराधना गरेर कुनै पनि काम गरे यो राशिलाई फाइदा हुन्छ ।

कन्या : ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) — कन्या राशि भएका व्यक्तिहरूकाे दिमाग तेज हुने भएकले सबै काम गर्न सक्दछन । कसैलाइ धाेका दिन जान्दैनन तर नकारात्मक साेच राख्ने तथा झगडालु स्वभावका हुन्छन । कन्या राशिकाकाे सेवा गर्न मनपसन्द हुनेहुनाले सेवा भावकाे काम जस्तै डाक्टर, नर्स, टिचर तथा वार्ताकार पेशा राम्राे । हरियाे पंहेलाे, माटेरंग शुभ रंग हुन । व्यवसाय / व्यापार गर्दा कसैसंग मिलेर गर्नु राम्राे हुन्छ । चिनीजन्य बस्तुको व्यापार गर्दा यो राशिलाई निकै फाइदा पुग्छ ।

तुला : ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) — यो राशिलाई जागिर बढी फाप्छ । यो राशि भएका व्यक्तिले अभिनय, संगीत, सेना, व्यवस्थापन, कानून, बैंक, बिमा, फाइनान्स, मेसिनरी र कम्प्युटरको काम गर्दा निकै राम्रो हुन्छ । व्यापार नै गर्ने हो भनेपनि यहि क्षेत्रसंग सम्बन्धित काममा हात हाले फाइदाजनक हुन्छ । फलाम, सुन, तम्वाखु तथा परफ्यूमकाे व्यवसाय गर्नु लाभदायक हुन्छ ।

वृश्चिक : ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) — यो राशि भएका व्यक्तिलाई जागिर बढी फाप्छ । रक्षा, कानून, सामाजिक सेवा, राजनीति क्षेत्र यो राशिलाई फाप्छ । अत्यन्त चलाख, जिज्ञासु, सामर्थ्यवादी तथा अभिलाषी र स्वार्थी समेत भएकाले जागीरमा उन्नति प्रगति हुन्छ । रातो रंग शुभ रंग भएको यो राशिका व्यक्तिहरुलाइ सरकारी जागिर पनि निकै फाप्छ । व्यापार/व्यवसाय गर्ने हाे भने अाैषधि, रस पदार्थ, तेल, इलेक्ट्रीक यन्त्र तथा अायात निर्यात व्यापारमा सफलता मिल्छ ।

धनु : ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) — सुन चाँदीको व्यवसाय, किराना, सामाजिक सेवा, अध्यात्म गुरु, म्यानेजर लगायतका काम गर्दा यो राशिलाई निकै राम्रो हुन्छ । यो राशिलाई पनि जागिरभन्दा व्यापार राम्रो हुन्छ । व्यापारमा पनि ठेक्कापट्टामा लाग्ने हो भने यो राशि भएका व्यक्तिले निकै राम्रो आम्दानी गर्छन् । धेरै व्यवसाय परिवर्तन गरिरहने भन्दा एकै व्यवसायमा लाग्दा सफलता मिल्छ । आर्थिक मामलामा कट्टर हुदाहुदै पनि लेनदेन खरिद बिक्रीमा सधै खटपट परिरहन सक्छ ।

मकर : ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) — यो राशिलाई पनि प्रायस् व्यापार नै फाप्छ । मेशिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इञ्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, गुप्तचर, वैज्ञानिक जस्ता पेशामा यो राशिलाई निकै फाप्छ । यो राशिले पानीसंग सम्बन्धित काम भने नगरेको राम्रो । जागिर खाने हो भने यो राशिका व्यक्तिले शिक्षक बनेको राम्रो हुन्छ ।

कुम्भ : ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) — यो राशि भएका व्यक्तिलाई व्यापार फाप्छ । यो राशि भएका व्यक्तिको कार्यक्षेत्र अधिकांश मकर राशिसँग मिल्दोजुल्दो हुन्छ । किनभने यी दुवै राशिको स्वामी शनि हो । त्यसैले यो राशिलाई पनि प्रायस् व्यापार नै फाप्छ । मेशिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इञ्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, गुप्तचर, वैज्ञानिक जस्ता पेशामा यो राशिलाई निकै फाप्छ ।

मीन : ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) — यो राशि भएका व्यक्तिलाई बढी जागिर फाप्छ । भेइकल, गुप्तचर विभाग, फायर सर्भिस र अदालती सेवामा यो राशिलाई सफलता प्राप्त हुन्छ ।मीन राशिका मानिसकाे ध्यान रहश्यमय खाेजहरूमा बढी केन्दित हुने हुनाले व्यापारमा मन जांदैन । तथापी साैन्दर्य प्रसाधन, विज्ञापन एजेन्सी, संगीत सम्वन्धि व्यवसायले सफलता दिन्छ । यो राशिका व्यक्तिले सकेसम्म मसलाजन्य उत्पादनको काम नगर्दा राम्रो हुन्छ ।