सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न
इन्भेष्टाेपेपर । जेठ २३, २०७९
काठमाण्डाैँ । सन नेपाल लाइफ इन्स्योरेन्सले गत हप्ता अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । मूख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरीएको थियो ।
यसैगरि लम्जुङ शाखा कार्यलयमा पनि उक्त खाले कार्यक्रम आयोजना गरिएको थियो । जनमानसमा बिमाको महत्व, बिमा दाबि भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनिका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरीएको थियो । साथै, उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।
देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्न गइरहेको छ ।
