बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग
इन्भेष्टाेपेपर । फागुन ९, २०८२
काठमाडौं । सामुदायिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै सन नेपाल लाइफ इन्स्योरेन्सले बालाजु प्रहरी परिसरको भवन निर्माण कार्यमा आवश्यक निर्माण सामग्री सहयोग गरेको छ ।
एक औपचारिक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई र प्रमुख जोखिम अधिकृत रोशन ज्ञवाली र आन्तरिक नियन्त्रण प्रमुख रोशन पौडेलको उपस्थितिमा १० लाख बराबरको निर्माण सामग्री बालाजु प्रहरी कार्यालयलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा बालाजु प्रहरी इकाई पुनर्निर्माण समितिको तर्फ़बाट अध्यक्ष शिव भक्त रंजित, कोषाध्यक्ष बेद प्रसाद पौडेल र प्रहरी नायब उपरीक्षक यल लाल बन्जाडेको उपस्थिती रहेको थियो । प्रहरी परिसर जस्तो सार्वजनिक सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने संस्थाको भौतिक पूर्वाधार सुदृढ हुनु आवश्यक रहेको भन्दै कम्पनीले यो सहयोग गरेको जनाएको छ ।
कम्पनीका प्रतिनिधिले सामाजिक सुरक्षाको आधार वित्तीय सुरक्षासँगै संस्थागत सुदृढीकरण पनि भएको उल्लेख गर्नुभयाे । बालाजु प्रहरी कार्यालयका प्रमुखले बीमा क्षेत्रको यस्तो सहयोगले सेवा प्रवाह थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले समुदाय र निजी क्षेत्रबीचको सहकार्यले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताउनुभयाे ।
