मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

 इन्भेष्टोपेपर । भाद्र २८, २०७८

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । यस भदौ महिनामा मात्र बैंकले ५ विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यहरुमा सहयोग गरेको छ । बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी” लागि रु ५०,००० रकम मिडिया इन्टरनेसनल प्रा. लि लाई सहयोग गरेको छ ।

यसै गरी कास्कीको मालपोत कार्यालयमा पाल्नुहुने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयहरुमा आराम कुर्र्सीहरुको अभाव भएको हुँदा बैंकले ३ थान ३ सिटरको फलामको कुर्सी मालपोत कार्यालय—कास्कीलाई हस्तानतरण गरेको छ ।

यसका साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पुराउनका निमित्त रेश्ट फाउन्डेसन अन्तरगत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकालागि चाहिने किताबको दराजको निमार्ण गर्न हेतु रु ४०,००० सहयोग गरेको छ ।

यसै गरी, बैंकले भैसेपाटी स्थित प्रगती युवा कल्बद्धारा आयोजन भएको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ । उत्त कार्यक्रमले विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा बैंकले गरेको छ । यस का साथै बैंकले आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकास बरालको मृगौला प्रत्यारोपनपणका लागि रु ५०,००० सहयोग गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *