अचम्म ! विवाह भएको तीन मिनटमै डिभोर्स

न्भेष्टाेपेपर । भाद्र २३, २०८०

विवाह बन्धनमा बाँधिएको तीन मिनेटमै छोडपत्र भयो भन्ने सुन्दा जाे काेहीलाई पत्यार नलाग्न सक्छ । तर, नपत्याई पनि सुखै छैन ।

हुन त यो घटना नेपालको नभै कुवेतकाे हाे । सञ्चार माध्यमहरुमा जनाइएअनुसार कुवेतमा एक जोडी विवाह गरेको तीन मिनेटमै अलग भए, सायद याे नै विश्वकाे सबैभन्दा छाेटाे समयमा पारपाचुके गरेकाे हुनसक्छ ।

समाचारमा उल्लेख भएअनुसार यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएकोसमेत बताइएको छ ।

समाचार साइट डेली मेलमा उल्लेख भएअनुसार अदालतमा भएको विवाहको सम्झौता पत्रमा हस्ताक्षर गरेर निक्लने बित्तिकै बेहुलीले डिभोर्स गरेकी थिईन ।

अदालतमा जाँदै गर्दा बाटोमा बेहुली चिप्लिएको र त्यही समयमा बेहुलाले ‘बेवकुफ’ भन्दै गाली गरेपछि बेहुलीले छोडपत्र गरेकी हुन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *