टी-२० विश्व कप : आज भारत र इङ्ल्यान्ड भिडदै, विजेता फाइनलमा पुग्ने

इन्भेष्टाेपेपर ।  कार्तिक २४, २०७९

काठमाण्डाैँ । आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन् । खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ । भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाव्बेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यस्तै इङ्ल्यान्ड अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो । इङ्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले प्रभावित भएको थियो ।

आजको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको। फाइनल खेल आउँदाे आइतवार हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *