टि-२० विश्वकप : न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनलमा

इन्भेष्टाेपेपर ।  कार्तिक २३, २०७९

काठमाडौं ।  न्युजिल्याण्डलाई सात विकेटले हराउँदै पाकिस्तान आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ । 

अष्ट्रेलियाको सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई सात विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । अब फाइनलमा पाकिस्तानले दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल बिहीबार भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले तीन विकेटको क्षतिमा १९ ओभर १ बलमा १ सय ५३ रन बनाएर पूरा गरेको हो ।  पाकिस्तानको जितमा मोहमद रिजवानले ५७ र कप्तान बाबर आजमले ५३ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिनुभयो । 

१ सय ५२ रन बनाउने क्रममा न्युजिल्याण्डका लागि ड्रयाल मिचेलले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेल्नुभएको थियो ।  न्युजिल्याण्डका कप्तान केन विलियम्सनले ४६ रन बनाउनुभयो । पाकिस्तानका शाहिन अफ्रिदीले दुई र मोहमद नवाजले एक विकेट लिनुभयो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *