गौतमबुद्ध कप क्रिकेट प्रतियाेगिताकाे उपाधि टिम राप्तीले जित्याे

इन्भेष्टाेपेपर । पुष ०१, २०७७ 

भरतपुर — गौतमबुद्ध कप क्रिकेट प्रतियाेगिताकाे उपाधि टिम राप्तीले जितेको छ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनल खेलमा टिम राप्तीले नारायणीलाई ९ रनले हराएरको हो ।  

फाइनलमा राप्तीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रनमा समेटियाे ।

टिम नारायणीका लागि आरिफ शेखले ४८ रन बनाए पनि टिमलाई उपाधि दिलाउन सकेनन् । त्यस्तै, इशान पाण्डे, रित गौतमले २७ / २७ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा अविनाश बोहराले ३, भुवन कार्कीले २, जितेन्द्र मुखिया र कमलसिंह ऐरले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनायो । टिम राप्तिका लागि कुसल भुर्तेलले ४२, अमित श्रेष्ठले १८, शरद भेषवाकरले १२, कप्तान विनोद भण्डारीले ३२, सुमित महर्जनले २२ रनको योगदान दिए । बलिङमा साहब आलमले ३, सुशान भारीले २ र करन केसीले एक विकेट लिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *