‘रेलीमै घुमाम्ला फिराम्ला’ तीज गीत सार्वजनिक (भिडियो सहित)

इन्भेष्टाेपेपर ।  साउन ३०, २०८३

काठमाण्डाैँ । तीज पर्वलाई लक्षित गर्दै नयाँ नेपाली तीज गीत ‘रेलीमै घुमाम्ला फिराम्ला’ सार्वजनिक गरिएको छ। गीत गायक खुमन अधिकारी, रमेशराज भण्डारी र गायिका अपेक्षा गिरीको स्वरमा तयार भएको हो।

गीतका शब्द वासुदेव पोखरेलले लेख्नुभएको हो भने संगीत रमेशराज भण्डारीको रहेको छ। भिडियोमा ममता राना मगर, कैलाश कठायत, सन्तोष थापा र गंगा बोहोराको अभिनय रहेको छ।

रमेशराज भण्डारीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा तीज पर्वको सांस्कृतिक र मनोरञ्जनात्मक पक्षसँगै नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको समेत प्रवर्द्धन गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।

तीज–२०८३ लाई लक्षित गरी सार्वजनिक गरिएको ‘रेलीमै घुमाम्ला फिराम्ला’ ले नेपाली कला, संस्कृति र पर्यटकीय सम्भावनालाई एकसाथ उजागर गर्ने प्रयास गरेको निर्माण पक्षको भनाइ छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *