तीजकाे नयाँ गीत ‘जम्काभेट’ सार्वजनिक (भिडियाेसहित)

इन्भेष्टोपेपर । श्रावण १७, २०७

काठमाडौँ :  मोतिराज खनाल र चुमान काउछा र अाशा विसीको नयाँ तीजकाे गीत ‘जम्काभेट’को विमोचन गरिएको छ ।

जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले गीत विमोचन गर्दै मौलिक गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनु भयाे । उहाले पछिल्लो सयम विकृतिजन्य गीत बजारमा आइरहेकाले ती गीतलाई सरकारले नियमन गर्नुपर्नेमा जोड दिनुभयाे ।

महासङ्घका महासचिव प्रेमनाथ अधिकारीले भाषा, कला संस्कृतिको विकास, सम्वद्र्धन र उत्थानमा महासङ्घले निरन्तर काम गरिरहेको जनाउँदै स्रष्टाको वृत्तिविकास र सम्मानमा कुनै कमि नराखिने बताउनुभयाे ।

यस तीज गीतमा माेतीराज खनालकाे शव्द रहेकाे छ भने मोतिराज खनाल, चुमान काउछा र अाशा विसीको स्वर रहेकाे छ । सुमन कुमार राउतले सम्पादन गरेकाे यस म्यूजिक भिडियाेकाे निर्देशन सुमन सागर जंग केसिकाे छ भने छायाँकंन यम के मगरले गर्नु भएकाे छ ।

म्यूजिक भिडियाेमा सुमन सागर जंग केसि, बबिता श्रेष्ठ, साैगात मिश्र, काफिया ढकाल, माेतीराज खनाल र केशव पाण्डेकाे अभिनय देख्न पाइन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *