परंम्परागत महोत्सवमा दश हजार मानिसहरूले गरे एकसाथ नृत्य प्रदर्शन

न्भेष्टाेपेपर ।  वैशाख १४, २०८२

दक्षिणपश्चिम चीनको युनान प्रान्तको देहोङस्थित लोङचुआन काउन्टीमा मुनाओ जोङ्गे महोत्सव आयोजना गरिएको थियो। जसमा १०,००० भन्दा बढी मानिसहरूले ढोलकको साथ नृत्य गरेर उत्सव मनाएका थिए।

घण्टी, ढोल र भावुक संगीतको चर्को आवाजसँगै, परंम्परागत उत्सवको पोशाकमा सजिएका मानिसहरू मुनाओ जोङ्गे हलमा प्रवेश गरेर सामुहिक नृत्य प्रदर्शन गरेका थिए। यस हलमा स्वदेश तथा विदेशका पाहुनाहरू व्यवस्थित तरिकाले अवलाेकन गराइएकाे थियाे ।

नृत्य टोली दुई लामो ड्र्यागनहरू जस्तै घुम्ने र झुल्ने गरेकाे जस्तै देखिन्थ्याे। “स्वर्गको नृत्य” र “सामूहिक रमाइलो नृत्य” भनेर डब गरिएको, मुनाओ जोङ्गे जिंगपो जातीय समूहको सबैभन्दा ठूलो परम्परागत उत्सव हो।

२००६ मा पनि जिंगपो मानिसहरूको लागि मुनाओ जोङ्गे महोत्सव राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा सूचीको पहिलो समूहमा समावेश गरिएको थियो।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *