३०औं क्यान इन्फोटेक माघ २४ गतेदेखि आयोजना हुँदै

न्भेष्टाेपेपर । माघ ६, २०८१

काठमाडौं । आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२५ आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा वर्षेनी हुँदै आएको क्यान इन्फोटेकको यो ३०औं संस्करण हो । क्यान इन्फोटेक २०२५ को मिति घोषणासँगै प्रायोजक र साझेदारका लागि बुकिङ खुलाइएको छ ।

यस पटक क्यान इन्फोटेकमा सूचना प्रविधिका नयाँ–नयाँ आविष्कार र प्रविधि समाधानलाई व्यापक रूपमा समेटिने महासंघले जनाएको छ । प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले बताइन् ।

उनका अनुसार क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्नेे महत्त्वपूर्ण अवसर दिनेछ ।

प्रदर्शनीमा राखिने नवीनतम प्रविधि, स्टार्टअप इनोभेसन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने आयोजकको विश्वास छ । यसैबीच क्यान महासंघले क्यान इन्फोटेक २०२५ का लागि आवश्यक पर्ने स्टल तथा ह्यांगर निर्माण र विद्युत आपूर्ति, सुरक्षा गार्ड, स्टेशनरी, छपाईलगायतका प्रस्तावसमेत आह्वान गरेको छ । याे समाचार काराेबार दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *