नेशनल लाईफ इन्स्योरेन्सको ३४औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बाेनस दिने प्रस्ताव पारित
इन्भेष्टाेपेपर । मंसिर १९, २०७९
काठमाण्डाैँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३४औं वार्षिक साधारण सभा यही मंसिर १८ गते कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।
३४औं वार्षिक साधारण सभाले आ.व. २०७७/०७८ को लागि चुक्ता पूँजीको १५ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,१८,५६,५१२।- नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
नियामक निकायले यहि २०७९ साल चैत्र मसान्त सम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको पारित भएको वोनस शेयर लाभांशवाट कम्पनीको चुक्ता पूँजी रु.४,६४,०४,३१,८७५।- पुगेको छ र वाँकी रहने चुक्ता पूँजी आगामी दिनमा तोकिएको समय भित्र सहज रुपमा पुग्ने स्थिति रहेकाे जानकारी गराउनुभयाे ।
सभामा अध्यक्षले लामो समय पश्चात बीमा ऐन २०७९ लागू भएकोमा अध्यक्षले खुशी ब्यक्त गर्दै यसवाट नियामक निकायलाई बीमा क्षेत्र थप नियमन गर्न सहज हुने र बीमा क्षेत्र थप ब्यवस्थित भई बीमाको पहुँचमा अझ बृद्धि हुने विश्वास ब्यक्त गर्नु भयो ।
आ.व.२०७७/०७८ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले बृद्धि भई रु.१,२५२.४६ करोड पुगेको छ । जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भई रु.४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई रु.३,९२४.७० करोड पुगेको छ ।
कम्पनीले नेपालगंज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य शुरु गरेको छ र कम्पनीको अन्य शाखाहरुमा पनि यो प्रक्रृया शुरु गरिने तथा कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्ने जानकारी गराउनुभयाे ।
सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गर्नु भयो ।
