नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

न्भेष्टाेपेपर ।  पुष १२, २०७९

काठमाडौं ।  प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएको छ । उसले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ ।

पार्टीकी अध्‍यक्ष रञ्जिता चौधरीले भनिन्, ‘प्रचण्ड नेतृत्वको सरकारलाई हाम्रो समर्थन छ । तर सरकारमा जाने कुरा तत्काल पार्टीले सोचेको छैन। सरकारमा जान्नौं ।’ उनले माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले समर्थन गरेको बताइन् ।

पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई डिल्लीबजारस्थित कारागारमा बोलाएका थिए । एमाले-माओवादी केन्द्रसहितका नयाँ सत्ता गठबन्धनको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बसिरहँदा नागरिक उन्मुक्ति पार्टीका नेताहरु भने सहभागी भएनन् ।

प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ । स्वतन्त्र हैसियतमा जितेका रेशम चौधरीका बाबु लालबीर पनि नागरिक उन्मुक्ति पार्टीमै आवद्ध छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *