तीजकाे मुखमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो

इन्भेष्टाेपेपर ।  भाद्र ७, २०७९

काठमाण्डाैँ । तीज पर्व नजिकिँदै गर्दा केहि दिनदेखि नेपाली बजारमा पहेलाे धातु सुनको मूल्य निरन्तर ओरालो लाग्नेक्रम जारी रहेकाे छ । साेमवार प्रति ताेला ३ सय रुपैयाँले घटेकाे सुनकाे मूल्य आज मंगलवार पनि प्रति ताेला ३ सयले घटेकाे हाे ।

साेमबार सुनको मूल्य तोलामा ९५ हजार ३ सयमा कारोबार भएको थियाे भने आज तोलामा ३ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   
 
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ५ सय रूपैयाँ रहेको छ । तेजाबी सुनकाे मूल्य पनि प्रति तोला ३ सय रूपैयाँले घटेर कारोबार भएको छ। 
 
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । साेमवार प्रतितोला रू. १ हजार १६५ मा कारोबार भएको चाँदी शुक्रवार रू. १ हजार १६० मा खरीदविक्री भइरहेको छ । साेमवारको तुलनामा मंगलवार चाँदी रू. ५ ले घटेको हो ।

अन्तर्राष्टिय बजारमा भएको घटबढ अनुसार नेपालमा पनि सुनचाँदीको भाउमा घटबढ हुने गरेको छ । विश्व बजारमा सुनकाे मूल्य घटेकाे हुँदा यहाँ पनि मूल्य घटेकाे महासंघले जनाएकाे छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७३८ डलर तथा चाँदी प्रतिऔंस १८.९३ डलर हाराहारीमा कारोबार भैरहेका छ ।

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *