सुनकाे मूल्यमा दैनिकजसाे बृद्धी, आज पनि बन्याे कीर्तिमान

न्भेष्टाेपेपर । असाेज ११, २०८१

काठमाडौँ ।  लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा पाँच सय रुपियाँले वृद्धि हुँदा सुन हालसम्मकै महँगो हुन पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजार सात सय रुपियाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *