टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्याे, दशौँ हजार घाइते

न्भेष्टाेपेपर ।  माघ २७, २०७९

काठमाण्डाैँ । टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ हजार नाघेका छ भने दशौँ हजार घाइते भएका छन् । यसैबीच, संयुक्त राष्ट्र संघले भूकम्पबाट भएको क्षतिको तस्बिर अझै स्पष्ट नभएको जनाएको छ।

दुवै देशमा द्रुत गतिमा राहत र उद्धारको काम भइरहेको छ। यसैबीच भूकम्पबाट बाँचेका हजारौं जनताका लागि अत्यधिक चिसो नयाँ चुनौती बनेको छ। यहाँ बस्ने ठाउँका साथै खानेकुराको चरम अभाव छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस प्रकोपको पूर्ण तस्बिर अझै नआएको उल्लेख गर्दै विशेषगरी सिरिया केही वर्षदेखि गृहयुद्धबाट पीडित र पहिलेदेखि नै दुःखको सामना गरिरहेको बताउनु भएकाे छ।

टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ ।

प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् । बेलायतलगायत देशले टर्की र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *