चर्चित गीत ‘जितेर पनि हारमा छु’काे फिमेल भर्सन सार्वजनिक
इन्भेष्टोपेपर । कार्तिक २७, २०७८
काठमाण्डाैं । गायिका अन्जु पन्तको आवाजमा चर्चित गीत ‘जितेर पनि हारमा छु’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ।
गीतमा कलाकारद्वय पुष्प खड्का र प्रमिला कार्कीको अभिनय देख्न सकिन्छ। सुरेश वाग्लेको शब्द रचना तथा हरि लम्सालको सङ्गीत रहेको गीतको अरेन्जर रहेका छन् रिकेस गुरुङ।
हाल अमेरिका भ्रमणमा रहेकी गायिका अन्जु पन्तले अमेरिकाको बोस्टनमा रहेको ‘बाजा रेकर्डस्’मा भोकल रेकर्ड गराएकी हुन्। यस्तै गीतको फिमेल भर्सनको भिडियोलाई पनि पहिलेजस्तै शान थापाले निर्देशन र अर्जुन तिवारीको छायांकन देख्न सकिन्छ।
यसअघि शिव परियारको आवाजमा सार्वजनिक मेल भर्सनमा भने कलाकार पुष्प खड्का र मरिस्का पोखरेलको अभिनय रहेको थियो।
यसपटक पुष्प खड्कासँग प्रमिला कार्कीको अभिनयले दर्शकहरूको मन जित्ने कुरामा निर्देशक शान थापा ढुक्क छन्।नेपाली वेबसाइटको अफिसियल यू–ट्युवमा सार्वजनिक उक्त गीत दर्शक स्रोतामाझ निकै रुचाइएको र, अब फिमेल भर्सनलाई पनि दर्शक स्रोताले उतिकै साथ र सपोर्ट गरिदिनुहुनेमा आफू विश्वस्त रहेको गीतका सर्जक सुरेश वाग्ले बताउँछन्।
यस गीतकाे भिडियाेमा अन्य कलाकारहरू साेनी ल्वागुन, विवेक दत्त मंगेस र सुरेश वाग्लेकाे समेत अभिनय देख्न सकिन्छ।
