हराएका देवमूर्तिहरूको विषयमा निर्मित बृतचित्रकाे पहिलो प्रदर्शन सम्पन्न

न्भेष्टाेपेपर । असाेज १७, २०८१

काठमाण्डाैँ । ‘नेपालका हराएका देवताका मूर्तिहरू’ को बारेमा निर्देशक अमिताभ जोशीद्वारा निर्देशित बृतचित्र ‘के तपाईंले मेरो देवता देख्नु भयो’ (ह्याब यू सिन माई गड ?) को पहिलो प्रदर्शन २०८० असोज १६ गते ठमेल काठमाण्डौ स्थित छाँया सेन्टरको क्यूयफÞक्स सिनेमामा भएको छ ।

उक्त प्रदर्शनमा अमेरिकन अष्ट्रेलियन, युरोपियन युनियन, मलेसियन र बेलायती राजदूतावासका कुटनीतिज्ञहरु लगायत विभिन्न संघ संस्थाका विशिष्ट व्यक्तिहरु गरी १३० जनाको सहभागिता रहेको थियो ।

उक्त बृत्तचित्रले नेपालबाट विभिन्न समयमा चोरी भई विदेश लगिएका र अनुसन्धान पश्चात प्राप्त भएका देवताका मूर्तिहरूलाई नेपाल फर्काउने पहल र त्यसको सांस्कृतिक महत्वको बारेमा सनसनिपूर्ण तथ्य उजागर गरेको छ भने यो उक्त बृतचित्र अझै पूर्ण रूपमा निर्माण हुन भने बाँकी नै छ ।

यो बृत्तचित्र केवल एक बृत्तचित्र मात्र नभई नेपालका हराएका चोरिएका मूर्तिहरूलाई नेपालमा फिर्ता ल्याउने अभियानको शुरूवाती चरण भएको र खोज तथा अनुसन्धानको निरन्तरता आवश्यक भएको कुरा निर्देशक जोशीले बताउनु भएको छ ।

सो बृतचित्रको बारेमा वरिष्ठ पत्रकार कनकमणि दिक्षित र अलिसा सिजापती, कलाकार लेखक लैन सिंह बाङ्देल, जुगैल सिक र जोय डेभिसले नेपालका सांस्कृतिक सम्पदाहरू स्वदेश फिर्ता ल्याई संग्रहालयमा राख्न गरिएका प्रयासहरू मध्य सबैभन्दा सराहनीय प्रयास यो बृतचित्र भएको र यसले उक्त कार्यमा सहयोग पुराउनमा कोशे ढुंगाको काम गर्ने समेत बताउनु भएको थियो ।

उक्त बृत्तचित्र प्रदर्शनको प्रायोजन दया फाउण्डेशन, नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल कला परिषदले गरेको हो भने उक्त कार्यक्रमको संयोजन दया फाउण्डेशनकी पूर्व अध्यक्ष एवं कल्चर विभागका प्रमुख निभा माथेमा प्रधानले गरेका हुन् ।

बृत्तचित्र प्रदर्शन पछि निभा माथेमा प्रधानले दर्शकदिर्घा एवं निर्माता संग प्रश्नोत्तर शत्रद्वारा बृत्तचित्रको औचित्यता बारेमा थप प्रकाश पार्नुभयो । सांस्कृतिक सम्पदाको महत्व र त्यसलाई पुन प्राप्तिको प्रयासलाई उजागर गर्न उक्त बृत्तचित्रले सन् १९८४ मा पाटनको लक्ष्मी–नारायणको चोरी भएको मुर्ति लाई सन् २०२१मा फिर्ता ल्याई पुनस्थापित गरिएको घटनालाई रोचक ढंगले पस्किएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *