जनरल इन्स्योरेन्सको चौथो साधारण सभा सम्पन्न

इन्भेष्टाेपेपर ।  असार १, २०७९

काठमाण्डाैँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारण सभा अमृतभोग, कालिकास्थान मा सम्पन्न भएको छ ।

सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालद्वारा पेश भएको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित भएको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसुचि माथि छलफल गरी पारित भएको छ ।

त्यस्तै, आर्थिक बर्ष २०७८/७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्दै सभा सम्पन्न भयो । साथै उक्त साधारण सभाको सुअवसरमा बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित एपसमेत संचालनमा ल्याएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *