संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गर्न मिल्दैनः सचेतक बर्तौला

न्भेष्टाेपेपर । भाद्र २, २०८०

लुम्बिनी । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने बताउनुभएको छ । उहाँले संसद् अवरोधको कारक सरकार भएको आरोप लगाउँदै संसद् खुलाउने जिम्मेवारी र दायित्व पनि सरकारकै भएको बताउनुभयो । 

प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा सचेतक बर्तौलाले जनप्रतिनिधिले आफ्ना माग राख्दा प्रतिपक्षले संसद् अवरोध ग¥यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको आरोप लगाउनुभयो ।

प्रतिपक्षी दलले उठाएका मागमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने तर सरकार संविधान र संसदीय मूल्यमान्यता विपरीत अगाडि बढेकाले संसद् अवरोध हुन पुगेको उहाँको भनाइ थियो । “संसद् अवरोध खुलाउन सरकार नै जिम्मेवार हुनुपर्छ”, उहाँले भन्नुभयो । 

“आर्थिक अनियमितताका सबै फाइल खोलेर निष्पक्ष छानबिन गर्न एमालेको सरकारसित माग छ”, सचेतक बर्तौलाले भन्नुभयो । सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिको माग राखेको उहाँले बताउनुभयो ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *