सरकार ढल्दैन, बिल्कुल ढल्दैन् बरू सरकार ढल्छ भन्नेहररु बेहाेस भै ढल्न सक्छन् : रवि लामिछाने

इन्भेष्टाेपेपर । आश्विन १८, २०८३

काठमाण्डाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नढल्ने बताउनुभएकाे छ । आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे। 

‘कहिलेकाँही सुनिन्छ, सरकार कमजोर भयो, उस्तै परे सरकार ढल्छ, अहिले ढल्छ, भोलि ढल्छ, दसैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपाल संवतमा ढल्छ, ढल्छ कि ढल्छ भनेको बडो सुन्छु,’ लामिछानेले भन्नुभयाे, ‘तर, पटक-पटक सरकार ढल्छ भनेको मान्छे चाहिँ सरकार नढलेको देखेर बेहोस भएर ढल्छ, सरकार ढल्दैन, बिल्कुल ढल्दैन ।’

लामिछानेले थप्नुभयाे, ‘हामीले यसपटक व्यक्तिलाई चुनेका होइनौं, हामीले इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेका हौं ।’

प्रमुख दलका नेता सहभागी कांग्रेस महाधिवेशनमा लामिछानेले भने, ‘हामी लोकतान्त्रिक मूल्य मान्यताबाट दायाँबायाँ गर्ने छैनौं । लोकतन्त्रप्रति प्रतिबद्धता दायाँबायाँ हुँदैन । प्रतिबद्धता जनाउनु चाहन्छु । सरकारका निर्णय गलत भए सच्याउँछौं ।’

कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै अन्तिममा लामिछानेले सभापति थापालाई पार्टीभित्र बसेर हैरान पार्नेहरूलाई छोडिदिन सुझाव दिनुभएकाे छ । ‘कहिलेकाँही पार्टीभित्र बसेर सधैं कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा-फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ,’ लामिछानेले भन्नुभयाे ।

यो कुराले थापालाई गुन लाग्ने र त्यो आफ्नो तर्फबाट दोस्रो गुन हुने लामिछानेको भनाइ थियो । ‘यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुन लगाएको छु, मान्ने नमान्ने तपाईंको जिम्मा,’ लामिछानेले भन्नुभयाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *