जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–१७ आजदेखि इजिप्टमा सुरु हुँदै

इन्भेष्टाेपेपर ।  कार्तिक २०, २०७९

काठमाण्डौ : जलवायुसम्बन्धी सम्मेलनको २७औँ संस्करण आजदेखि इजिप्टमा सुरु हुँदैछ । कोप–२७ सम्मेलन इजिप्टको सार्म एल–शेख सहरमा हुन लागेको हो । यो सम्मेलनमा पक्ष राष्ट्रहरूले जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा  केन्द्रित रहने संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले जनाएको छ ।

आउँदो नोभेम्बर १८ तारिख अर्थात् मङ्सिर २ गतेसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी नोक्सानीका विषय मुख्य कार्यसूचीमा रहेको छ । सम्मेलनले जलवायु परिवर्तन, मरुभूमीकरण र पानीको अभावले बढ्दै गएको खाद्य सुरक्षा सङ्कटलगायतका विषय प्राथमिकताका साथ उठाउने छ ।

सम्मेलनमा नेपालले हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाउनेछ । सम्मेलनमा प्रस्तुत गर्नको लागि अवधारणपत्र तयार गरेको र त्यसमा हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताका उल्लेख गरेको वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा। बुद्धिसागर पौडेलले जानकारी दिनुभयो । कोप–२७ मा नेपालले पर्वतीय मुद्दामा नेतृत्व गर्नेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *