खुँखार अपराधी जसले दुईकाे ज्यान लियाे, सयभन्दा धेरै शवसंग सहवास गर्याे

इन्भेष्टोपेपर । कार्तिक २४, २०७८

लन्डन । बेलायतका एक व्यक्तिले कम्तिमा १०० शवसँग सहवास गरेको स्वीकारेका छन् । दुई महिलाको ज्यान लिएको आरोपमा १० वर्षअघि पक्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मुर्दाघरका शवसँग नराम्रो कार्य गरेको स्वीकारेका हुन ।

फुलरले सन् १९८७ मा वेन्डी नेल र र क्यारोलिन पियर्स नाम गरेका दुई महिलाको ज्यान लिएका थिए । उनी सन् २०११ को सेप्टेम्बरमा पक्राउ परेका थिए । फुलरले सन् १९८९ देखि २००० सम्म अस्पताल र वेल्स हस्पिटलका मुर्दाघरमा ल्याइएका महिलाका शवसंग यस्तो कार्य गरेका थिए । उनले ११ बर्षीय किशोरीदेखि ८० वर्षीया बृद्धको शवसँग यस्तो कार्य गरेका थिए ।

ती अस्पतालका मुर्दाघरमा उनले १२ वर्षसम्म इलेक्ट्रिसियनको रुपमा काम गरेका थिए । उनी राति अबेरसम्म काम गर्थे । एक पीडितकी आमाले एउटा सनसनीपूर्ण अन्तर्वार्तामा फुलरले आफ्नो २४ वर्षीय छोरी अजार केमेलको शवलाई हस्पिटलमा पटक पटक करणी गरेको बताएकी छिन् । २४ वर्षीय केमेलको लडेर मृत्यु भएको थियो ।

यो घटना अनुसन्धानका लागि बेलायत प्रहरीलाई २५ लाख युरो खर्च लागेको छ । ६७ वर्षीय फुलरलाई अदालतले आजिवन काराबासको सजाय सुनाएको छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *