राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरु सम्मान

न्भेष्टाेपेपर । जेठ १०, २०८०

काठमाण्डाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई सोमबार एक समारोहकाबीच सम्मान गरेको छ ।

हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैंया र ८ जना टिम अफिसिलयलहरुलाई जनही ५० हजार रुपैंया नगद बैंकले प्रदान गरेको छ ।

नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरी विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाएको तथा अन्तर्रािष्ट्रय एकदिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको छ ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख अतिथि डा. बलराम पाठकले खेलाडी तथा टीम अफिसिलयहरुलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्न सकिने बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्रािष्ट्रय रुपमा क्रिकेले राष्ट्रको नाम उच्च बनाएको यो क्षण गौरबपूर्ण भएको बताउँदै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गरको बताउनुभयो ।

क्रिकेट एशोसिएसन अफ नेपाल(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्रािष्ट्रय रुपमा नेपालको नाम क्रिकेटले चिनाएको बताउँदै बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न हौसला पुगेको बताउनुभयो ।

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले देशको लागि खेल्ने मेरो सपना त वास्तवमा हामी सबैको सपना रहेछ, पूरा गर्न पाएकोमा खुशी लागेको बताउनुभयो । कार्यक्रम मार्केटिङ्ग विभागका विभागीय प्रमुख अच्युत गौतमले सञ्चालन गर्नुभएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *