साताकाे पहिलाे दिन आज सुनचाँदीको मूल्य घट्यो

इन्भेष्टाेपेपर । कार्तिक १५ञ, २०८३

काठमाडौँ । स्थानीय बजारमा साताकाे पहिलाे दिन आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा आठ हजार ३०० रुपियाँ र चाँदीको मूल्य १७५ रुपियाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७२ हजार रुपियाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ६५० रुपियाँ निर्धारण भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपियाँ र चाँदी तीन हजार ८२५ रुपियाँमा कारोबार भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *