फेरी बढ्याे सुनचाँदीकाे मूल्य, तोलामा कति वृद्धी भयाे ?

न्भेष्टाेपेपर । असार २०, २०८१

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु. एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने रु. एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । 

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला रु. एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु. एक लाख ४३ हजार छ सय तोकिएको छ  ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु. ४० ले बढेको छ । बुधबार प्रतितोला रु. एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने रु. एक हजार आठ सय ६५ निर्धारण भएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *