आज सुन चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

न्भेष्टाेपेपर । पुस ६, २०८०

काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । अघिल्लो दिन सुनको मूल्य स्थिर रहेको थियो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात बिहीवार सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *