सुनको मूल्य लगातार बृद्धी, आज प्रतितोला कतिमा काराेवार हुँदैछ ?

इन्भेष्टाेपेपर । भाद्र १८ २०८०

काठमाडौँ । पछल्ला दिनहरूमा  सुनको मूल्यमा लगातार बृद्धी भएकाे छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू. एक लाख १३ हजार तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रू. एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू. चार सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू. एक लाख १२ हजार चार सय ५० तोकिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू. पाँचले बढेर रू. एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *