सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको एक लाख २० हजार ८ सय

न्भेष्टाेपेपर । मंसिर १७, २०८०

काठमाण्डाँ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ रेकर्ड बनेको हो ।

आज अहिलेसम्मकै उच्च तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार प्रतितोला एक लाख १९ हजारमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार ८ सय रुपैयाँ बढेको हो ।

यसअघि सोमवार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलवार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभएको छ ।

आज चाँदीको पनि भाउ बढेको छ । चाँदी आज तोलाको एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार तोलाको एक हजार ५ सय ४० रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधवार प्रतिऔँस २०४७ डलर हाराहारीमा पुगेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ५ सय २० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य २० रुपैयाँ बढेको हो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *