साना दललाई पनि चुनाव चिह्न दिने प्रकृया सुरू

इन्भेष्टोपेपर । चैत्र ०३ २०७८

काठमाडौँ ।  निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दललाई समेत आफ्नै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने प्रक्रिया अगाडि बढाएको छ । आयोगमा स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिन राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३ राजनीतिक दलले दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रयोजनका लागि दर्ता गराएका दललाई चुनाव चिह्न दिन न्यायोचित र वैधानिक ठानेर आयोगले चुनाव चिह्न प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका दललाई चुनाव चिह्न दिने निर्णय भने गरिसकेको छैन । प्रक्रिया पूरा भएपछि आयोगले चुनाव चिह्न दिने सम्बन्धमा निर्णय गर्ने प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

चुनाव चिह्न दिने प्रक्रियाअन्तर्गत आयोगले ७३ दललाई कुन–कुन जिल्लामा जिल्लास्तरको सङ्गठनात्मक संरचना रहेको विवरण पेस गर्न तथा आयोगमा उपलब्ध गराएको जिल्लाको संरचनाको विवरण तयार गरी सो दलको जिल्ला समितिका पदाधिकारीले प्रमाणित गरी उक्त विवरण चैत्त ६ भित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने जनाएको छ । निर्वाचन कार्यालयले भने ७३ दलले पेस गरेको विवरणमाथि जाँचबुझ गरी अभिलेख राखी चैत ७ भित्र निर्वाचन आयोगमा पठाउनुपर्नेछ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *